नेपाली विद्यार्थीको भिषा प्रक्रियामा केही सहज बनाइने न्यूजिल्याण्ड इमिग्रेसन मन्त्री एरिका स्ट्यानफोर्डले एक पत्र मार्फत जानकारी दिएकी छिन् । मन्त्री एरिकाले जेन(जीको नाममा नेपालमा भएको राजनीतिक घटनाक्रमलाई मध्येनजर गर्दै नेपाली विद्यार्थीको भिषा प्रक्रियालाई सहज बनाइएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० न्यूजिल्याण्डलाई पठाएको पत्रमा यस्तो बताएकी हुन् ।
एनआरएनए न्यूजिल्याण्डले गत सेप्टेम्बरमा नेपालमा भएका परिवर्तनकारी घटनाले न्यूजिल्याण्डमा अध्यनरत वा अध्यनका लागि आवेदन दिइरहेका नेपाली विद्यार्थीमा पर्ने सक्ने प्रभाव बारे चिन्ता ब्यक्त गर्दै न्यूजिल्याण्ड इमिग्रेसनलाई भिषा प्रक्रिया लगायतका विषयमा लचिलो बन्न आग्रहसहितको पत्र पठाएको थियो । सोही पत्रको जवाफमा मन्त्री एरिकाले नेपाली विद्यार्थीको व्यक्तिगत परिस्थिति अनुसार इमिग्रेसनले आफ्नो निर्णय गर्ने, आवश्यक कागजात बुझाउनका लागि उचित समय दिने र विद्यार्थीको भिषा प्रक्रियामा सहजता अपनाउने नीति लिएको जानकारी पनि दिएकी छिन् ।
नेपाली विद्यार्थीको भिषा प्रक्रिया केही सहज बनाइने : एरिका
नेपाली विद्यार्थीको भिषा प्रक्रियामा केही सहज बनाइने न्यूजिल्याण्ड इमिग्रेसन मन्त्री एरिका स्ट्यानफोर्डले एक पत्र मार्फत जानकारी दिएकी छिन् । मन्त्री एरिकाले जेन(जीको नाममा नेपालमा भएको
Himal Pari Desk
Official contributor and editor at Himalpari. Dedicated to bringing objective, reliable, and up-to-date journalism to global readers.
