प्रत्यक्षतर्फ जस्तै समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता लिने देखिएको छ। हालसम्म १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
त्यस्तै नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ भने नेकपा एमालेले १ लाख ३६ हजार १७६ मत प्राप्त गरेको छ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३७ हजार २४१ र श्रम संस्कृति पार्टीले १८ हजार ४८७ मत पाएका छन्।
राष्ट्रिय परिवर्तन पार्टीले १४ हजार १६६ मत प्राप्त गरेको छ। पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न ‘बाँसुरी’मा भोट मागेको थियो।
अन्य दलमध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले ४ हजार ४२३, एकल चिह्न ‘जाँतो’ले ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालले ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीले ३ हजार २८२ मत प्राप्त गरेका छन्।
समानुपातिक प्रणालीबाट प्रतिनिधित्व पाउन कुनै पनि दलले देशभरका सदर मतमध्ये कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
यस्तै प्रत्यक्षतर्फ शनिबार राति १० बजेसम्म रास्वपा ७६ स्थानमा विजयी भइसकेको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ। नेपाली कांग्रेसले ११ स्थानमा जित हासिल गरेको छ र ७ स्थानमा अग्रता लिएको छ। नेकपा एमालेले ४ स्थानमा जित र ८ स्थानमा अग्रता लिएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ३ स्थानमा जित तथा ५ स्थानमा अग्रता कायम गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक स्थानमा जित हासिल गरेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिइरहेको छ।
Contact Information
- July 22, 2026
