निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको बाँडफाँट सार्वजनिक गरेको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनको समानुपातिक मतगणना बिहीबार सम्पन्न भएसँगै आयोगले दलहरूबीच सिट बाँडफाँट टुंगो लगाएको हो। आयोगका अनुसार.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) अनुसार कुल सदर मतका आधारमा प्रचलित निर्वाचन कानुनले तोकेको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ दललाई सिट बाँडफाँट गरिएको आयोगले स्पष्ट पारेको छ।
यससँगै आयोगले सम्बन्धित दलहरूलाई तीन दिनभित्र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न पत्राचार गरेको जनाएको छ।
समानुपातिकतर्फ सिट बाँडफाँट : रास्वपाले पायो ५७ सिट, अब सरकार गठनतर्फ रास्वपा
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको बाँडफाँट सार्वजनिक गरेको छ।फागुन २१ मा सम्पन्न निर्वाचनको समानुपातिक मतगणना बिहीबार सम्पन्न भएसँगै आयोगले
Himal Pari Desk
Official contributor and editor at Himalpari. Dedicated to bringing objective, reliable, and up-to-date journalism to global readers.
